काठमाण्डौ विश्वविद्यालय, स्कुल अफ एजुकेशन अन्तर्गत एम. फिल. (एजुकेशनल लिडरसिप) तेस्रो सेमेष्टरका विद्यार्र्थीहरुद्वारा “संघीय शैक्षिक प्रणालीमा नेतृत्वको भूमिका ः अवसर र चुनौतीहरु” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो । एम. फिल तहको “प्रिन्सिपल अफ एडुकेशनल लिडरसिप” पाठ्यक्रममा आधारित उक्त कार्यक्रम तेस्रो सेमेष्टरकी छात्रा विपिन शेरचनको सभाअध्यक्षता, पाठ्यक्रम सहजकर्ता डा.बासु प्रसाद सुबेदीको सक्रियता, एजुकेशनल लिडरसिप कार्यक्रमका विभागीय प्रमूख सहप्राध्यापक डा. धनपति सुवेदी तथा काठमाण्डौ विश्वविद्यालय, स्कुल अफ एजुकेशनका डिन प्रा. डा. महेशनाथ पराजुलीको अभिभावकतत्वमा सम्पन्न भएको हो । उक्त कार्यक्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव, डा. हरि प्रसाद लम्साल, चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोम प्रसाद मिश्र लगायत सामुदायिक तथा संस्थागत विद्यालयसंग सम्बन्धित व्यक्तित्वहरुको उल्लेखनिय उपस्थिति थियो । एम. फिल. तेस्रो सेमेष्टरकी छात्रा रमिला सुबेदीले संचालन गर्नु भएको अन्तरक्रिया कार्यक्रमको सहजिकरण एम. फिल. तेस्रो सेमेष्टरका छात्र खुबिराम अधिकारीले गर्नु भएको थियो ।